12/01/2026
गहिरो समवेदना!
नेपाली भाषा, संगीत र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित गराउने Indian Idol Season–3 का विजेता, प्रख्यात गायक तथा अभिनेता प्रशान्त तामाङको आज मिति २०८२/०९/२७ दिल्ली स्थित आफ्नै निवास आकस्मिक, असामयिक, र अकल्पनीय निधनको खबरले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ।
उहाँ केवल एक सफल कलाकार मात्र होइन,
नेपाली भाषा समुदायको आवाज, आशा र आत्मसम्मानको प्रतीक हुनुहुन्थ्यो।
उहाँको स्वरमा नेपालीपन थियो, जीवन संघर्षमा प्रेरणा थियो,
र सफलतामा विनम्रता थियो।
Snoopy Beach Agonda Goa परिवार उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभचिन्तक तथा सम्पूर्ण संगीतप्रेमी समुदायप्रति
हार्दिक समवेदना प्रकट गर्दछ।
ईश्वरले दिवंगत आत्मालाई चीरशान्ति प्रदान गरून्
र शोकाकुल परिवारलाई यो अपार दुःख सहन धैर्य र शक्ति प्रदान गरून्।
श्रद्धाञ्जली!
—
Ramesh
Snoopy Agonda Goa
प्रशान्तको सम्झनामा
तिम्रो नागरिकताको सीमा
पारीको थियो प्रशान्त,
तर मन चाहिँ चौबीस क्यारेट नेपाली थियो।
नेपाली भाषा तिमीले गाएर बाँच्यौ,
पहिचान तिमीले बोकेर हिँड्यौ,
नेपालीपनलाई विश्वको मञ्चमा
उचाइमा राखेर फर्कियौ।
मुटुमा बस्ने स्वर थियो तिम्रो,
भीडमा पनि आफ्नोपन चिनाउने साहस थियो तिम्रो।
सपना देख्नेहरूलाई
तिमी एउटा प्रमाण भयौ—
सीमा नाघ्न सकिन्छ,
तर जरा छोड्नु हुँदैन।
नेपाली संगीतलाई
तिमीले सकेको उचाइ दियौ,
त्यसैका लागि
सधैँ सधैँ सम्मान छ।
आज तिमी मौन भयौ,
तर तिम्रो गीत बोलिरहनेछन्,
तिम्रो नामबनेपाली मनहरूमा
धड्किरहनेछ।
श्रद्धाञ्जली, प्रशान्त।
Snoopy agonda goa