04/08/2026
Breaking ....
अब नेकपा एमालेको अध्यक्षमा आजीवन केपी शर्मा ओली रहने भएका छन् ।
समग्र पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष ओलीले मगाएर स्वास्थ्यले साथ दिएसम्म अध्यक्ष ओली नै नेकपा एमालेको अध्यक्ष रहनेगरी केही बुँदा थपिने भएको छ ।
यो बुँदा थपियो भने अब एमालेको अध्यक्षमा ओली बाँचुन्जेल रहनेछन् । 'हामीले अहिल्यै नेतृत्व परिवर्तनको कुरा उठायौं, अध्यक्ष ज्युले त झन अर्को व्यक्ति नेतृत्वमा जाने बाटै बन्द गरिदिनुभो,' कार्यदलका एक सदस्यले भने ।
अध्यक्ष ओलीले नै प्रतिवेदन मगाएर हेरफेर गर्न लागेपछि एमालेको युवापंक्तिमा ठुलो हलचल पैदा भएको छ ।